काठमाडौं । राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाईगर्सको कप्तानी गर्ने भएका छन् ।
चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपालले टिमको कप्तानी गर्ने जनाएको छ ।
सोमपाल चितवनको मार्की खेलाडी समेत हुन् ।
अघिल्लो संस्करण सोमपालले काठमाडौं किंग्स ईलेभेनबाट खेलेका थिए ।
यस वर्षको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।
यस अघि चौंथो संस्करणको प्रतियोगिता चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो ।
तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।