शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलको संस्थागत विकास आजको आवश्यकता

आइतबार, ०३ श्रावण २०७८खेलपाटी संवाददाता
खेलको संस्थागत विकास आजको आवश्यकता
Loading ad...
mustang rice ad

प्रणय बीरजंग राणा

तानसेन, पाल्पा ।

नेपालले हाल खेल क्षेत्रमा हासिल गरेका केही उपलब्धिबाट केही आशाको किरण पलाएको छ । भलिबल, क्रिकेट, फुटबल, कराँतेले प्राप्त गरेका अन्तराष्ट्रिय सफलतालाई केही हदसम्म उपलब्धि मान्नुपर्छ ।

खेलले देशको प्रतिष्ठामा वृद्धि त गर्छ नै, स्वस्थ नागरिक पनि उत्पादन हुन्छ । साथै सबैलाई स्वस्थ रहनका लागि अभिप्रेरित पनि गर्दछ । खेललाई अझ व्यवस्थित गर्न सकिएको खण्डमा खेल आफैमा पनि स्वरोजगारीको एक उत्तम स्थल हो । व्यापार व्यवसायमा वृद्धिका लागि पनि खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । खेलको माध्यमबाट देशको अर्थतन्त्रमा सघाउ पुर्याएको विश्वमा थुप्रै उदाहरण पनि छ ।

खेलकुदको यति धेरै गुण भएता पनि देशमा यसको महत्वबारे नबुभ्mनु वा आवश्यकता नठान्नु अनौठो यथार्थ हो । हामी सबैले नमिठो महशुस गरेकै विषय हो ।

अब आधुनिक नेपालमा आधुनिक सोंच हुनै पर्दछ । खेल विकासका लागि नयाँ सोंच हुनु जरुरी छ । नेपालमा खेलिने प्राय खेलको राष्ट्रियदेखि जिल्ला तथा पालिका तहसम्म संस्था स्थापना गरिएको छ । स्थानीय क्लबहरु पनि थुप्रै स्थापना भएका छन् । केवल संस्था स्थापनाले मात्र खेल विकासको गति दिन सक्दैन । खेल आयोजकले स्थानीय तहदेखि प्रदेश तथा केन्द्रसंग खेल विकास तथा प्रतियोगिता सञ्चालन गर्न आर्थिक व्यवस्थाका लागि प्रस्तावना पेश गरि खेल सञ्चालन हुदै आएको छ । आयोजक सो प्रस्तावनाको भर पर्नु पर्ने बाध्यात्मक आवस्था छ ।

देशभरी रहेका खेलकुदका संस्थाको करिब करिब हालत यस्तै अवस्थामा छ । केन्द्रमा रहनेले यसरी देशभरीका आयोजनामा साना साना कनिका छरे जस्तो सहयोग वितरण गरी समग्र प्रगति विवरण हेरेर मख्ख परिरहेका छन् । यो एक बाध्यता पनि हो ।

जिम्मेवार निकायले खेलको विकासलाई दिर्घकालिन सोच लिएको हामी खेलाडी तथा खेलप्रेमीहरुले महशुस गर्न पाएका छैनौ । क्लबको आफ्नो खेल मैदान नभएका कारण नेपाली क्लब श्रेणीकरण हुन नसकेको समचार हामीले अखबार तथा सामाजिक सञ्जालमा पढेका छौं । हामीले करिब करिब नेपाल सरकारको बजेट बराबरको विश्वका क्लव जस्तो होस भन्ने चाहेका पनि होइनौ ।

जिम्मेवार निकायबाट कति अल्पकालिन कार्यक्रम मात्र गर्नु हुन्छ ? अब योजनाबद्ध मध्यकालिन तथा दिर्घकालिन योजना बनाई अघि बढ्ने बेला भई सकेको छैन र ?

कहिलेसम्म प्रतियोगिताको प्रस्तावना तयार गरि मोलतोल गरि खेल आयोजना गर्ने हो ? कहिलेसम्म खेल आयोजक संस्थाले प्रायोजकको कृपामा खेल सञ्चालन गर्ने ? स्थानीयदेखि केन्द्रसम्मका संघ संस्थालाई आत्मनिर्भर बनाउने समय आएन र ?

कहिलेसम्म खेल सञ्चालन मात्र होइन, खेल प्रशिक्षकका लागि केन्द्रमा माग गर्नुपर्ने, खेल सामाग्रीका लागि केन्द्रमा माग गर्नुपर्ने, कार्यालय व्यवस्थापनका लागि केन्द्रमा माग गर्नुपर्ने हो ?

कतिपय स्थानीय संस्थाहरु यस खालको झन्झटले गर्दा माग्न पनि नजाने र खेल पनि सञ्चालन नगर्ने गरेको हाम्रै वरिपरि प्रशस्त उदाहरण छन् ।

कम्तीमा एक प्रदेशमा एक अन्तराष्ट्रिय स्तरको खेल मैदान र एक सक्षम स्थानिय संस्था हुनपर्ने होइन र ? केन्द्रले अब यस्ता खालको कामबाट पृथक ढंगबाट काम गर्न जरुरी छ । यस्ता खालका मागका लागि केन्द्रसम्म आउनुपर्ने प्रणाली परिवर्तन गर्नु जरुरी भएको छ ।

केन्द्रले स्थानीय संस्थाहरुलाई हरेक हिसाबमा सबल बनाउनु पर्छ । सो कामका लागि देहाय बमोजिमको कार्य गर्न जरुरी ठान्दछु ।

-      सर्वप्रथम देशभरी छरिएर रहेको आफ्नो मातहतका संस्थाको विकासका लागि अध्ययन तथा अनुसन्धान गर्ने ।

-      संस्थाका पदाधिकारीहरुलाई नेतृत्व, क्षमता तथा प्रस्तावना तथा प्रतिवेदन लेखन जस्ता विभिन्न तालिमको माध्यमद्वारा सक्षम बनाउने ।

-      आफ्नो स्थानीय संस्थाको कोष वृद्धिमा सहयोग पुर्याउने ।

-      स्थानीय संस्थालाई कोष वृद्धिका लागि अभिप्रेरित गर्ने ।

-      स्थानीय स्तरमा सम्भावित आम्दानीका अवसरको खोजी, पहिचान तथा सोको परिचालनका लागि सरकारसंग पहल गर्ने ।

-      आर्थिक अनुशासनलाई कडाईका साथ पालना गर्ने गराउने ।

-      सम्भावित दाताहरु खोजेर तथा सुनिश्चितता गर्ने ।

उपरोक्त कुरालाई मनन गरि स्थानीयदेखि नै योग्य व्यक्तिको छनौट गरि दिर्घकालिन विकासका लागि अघि बढनु आजको युगको आवश्यकता हो । केन्द्रबाट आफ्ना मातहतका संस्थागत विकास तपाईहरु गर्नुस । खेल र प्रतियोगिता स्वत स्थानीय संस्थाले गर्नेछ । त्यसो भए हाम्रा पनि स्थानीय संस्थाको आफ्नै खेल मैदान हुन सक्छ । आफ्नै प्रशिक्षक हुन सक्छ । प्रायोजक खोज्ने होइन बरु प्रायोजकले खोज्ने दिन पनि आउन सक्छ ।

स्वचालित गाडीबाट गन्तव्य पुग्ने र गोरु गाडीमा गन्तव्य पुग्ने कुरा जिम्मेवार नेतृत्वकै मर्जीको कुरा हो । खेल विकासका लागि संस्थागत विकास आज आवश्यकता हो ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा