एजेन्सी । पहिलो टी-ट्वान्टी क्रिकेट पाकिस्तानले इंग्ल्यान्डलाई पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ३१ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्यसहित ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो ।
इंग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले १ सय ३ रनको शतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बलमा १ सय ३ रन बनाएका हुन् ।
लिभिङस्टोन टी-ट्वान्टीमा इंग्ल्यान्डका लागि सर्वाधिक छिटो शतक बनाउने खेलाडी समेत बने । उनको यो पहिलो टी-ट्वान्टी शतक समेत हो ।
यस्तै जासन रोयले ३२ रन बनाए ।
बलिङमा पाकिस्तानका शहिन शाह अफ्रिदी र शादब खानले ३/३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।
पाकिस्तानका कप्तान बाबर आजमले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।
मोहमद रिजवानले पनि ६३ रनको अर्धशतकीय इनिङ्स खेले । फखर जमानले २६ तथा मोहमद हाफिजले २४ रन बनाए ।
इंग्ल्यान्डका टम कुरानले २ विकेट लिए ।
यस जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।