एजेन्सी । पाहुना टिम भारतविरुद्धको सिरिजका लागि श्रीलंकाले टिमको घोषणा गरेको छ ।
श्रीलंकाले शुक्रबार डसुन शनकाको कप्तानीमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
भारतविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि श्रीलंकाले टिमको घोषणा गरेको हो ।
भारतविरुद्ध कप्तान कुसल परेरा खेल्ने छैनन् । काँधमा लागेको चोटको कारण परेराले भारतविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
श्रीलंकाले घरेलु मैदानमा भारतसँग तीन खेलको एकदिवसीय र तीन खेलकै टी-ट्वान्टी सिरिज खेल्नेछ ।
एकदिवसीय सिरिज जुलाई १८ मा सुरु हुनेछ । जुलाई २५ बाट टी-ट्वान्टी सिरिज सुरु हुनेछ ।