एजेन्सी । श्रीलंकाका कप्तान कुसल परेराले भारतविरुद्धको सिरिज गुमाउने भएका छन् ।
काँधमा लागेको चोटको कारण परेराले भारतविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
श्रीलंका क्रिकेटले औपचारिक रुपमा केहि बताएको छैन ।
तर, क्रिकइन्फोले ब्याट्सम्यान परेरा करिब ६ साता मैदान बाहिर रहने पक्का भएको जनाएको छ ।
श्रीलंकाले भारतसँग खेल्ने टोलीको घोषणा गरेको छैन ।
श्रीलंकाले घोषणा गर्ने टिममा परेरालाई समावेश नगरिने बताईएको छ ।
श्रीलंकाले घरेलु मैदानमा भारतसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्दैछ ।
तीन खेलको एकदिवसीय सिरिज जुलाई १८ मा सुरु हुनेछ ।
यस्तै जुलाई २५ बाट टी-ट्वान्टी सिरिज हुनेछ । टी-ट्वान्टी पनि तीन खेलको हुनेछ ।