काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरका लागि दरखास्त आह्वान गरेको छ ।
क्यानले बुधबार एक सूचना निकाल्दै फिटनेस ट्रेनरका लागि दरखास्त आह्वान गरेको हो । यससँगै क्रिकेट टिमको फिटनेस ट्रेनर नियुक्तिको प्रक्रिया अघि बढेको छ ।
यस अघि क्यानले चोट समयका लागि टिमको फिटनेस ट्रेनर राख्दै आएका थिए ।
क्यानले फिटनेस ट्रेनरको योग्यता समेत छुट्टाएको छ । करिब २ वर्ष स्पोर्ट्स टिमसँग काम गरेको अनुभव हुनु पर्नेछ ।
क्यानले आवेदन परेको मध्येबाट एक जनालाई टिमको फिटनेस ट्रेनरमा नियुक्त गरिने जनाएको छ ।