एजेन्सी । जिम्बावेविरुद्धको एक खेलको टेस्टमा बंगलादेशले फराकिलो जित निकालेको छ ।
हरारेमा आइतबार बंगलादेशले जिम्बावेलाई २ सय २० रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको ४ सय ७७ रनको लक्ष्य पाएको जिम्बावेले दोस्रो इनिङ्समा २ सय ५६ रन मात्र बनाउन सक्यो ।
जिम्बावेका लागि कप्तान ब्रेण्डन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । डोनाल्ड तिरिपानोले ५२ रन बनाए । ब्लेसिङ मुजराम्बिनी ३० रनमा अविजित रहे ।
बंगलादेशका मेहदी हसन मिराज र तास्किन अहमेदले ४/४ विकेट लिए ।
दोस्रो इनिङ्समा बंगलादेशले २ सय ८४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । बंगलादेशका लागि दोस्रो इनिङ्समा नाजमुल होसेनले अविजित १ सय १७ रनको शतकीय इनिङ्स खेले । शादमन इस्लाम १ सय १५ रनको शतकीय इनिङ्स जोड्दै अविजित रहे ।
त्यसअघि बंगलादेशले पहिलो इनिङ्समा ४ सय ८६ रनको उच्च योगफल तयार गरेको थियो । पहिलो इनिङ्समा महमुदउल्लाहले १ सय ५० रनको शतकीय इनिङ्स खेलेका थिए ।
यस्तै जिम्बावेले पहिलो इनिङ्समा २ सय ७६ रन बनाएको थियो । उसका कप्तान टेलरले ८१ रनको योगदान दिएका थिए ।
जिम्बावेलाई सस्तैमा समेट्न बंगलादेशका मेहदी हसन मिराजले ५ तथा शकिब अल हसनले ४ विकेट लिएका थिए ।