एजेन्सी । आयरल्याण्डका विकेटकिपर ब्याट्सम्यान निल रकलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
दक्षिण अफ्रीकाविरुद्धको सिरिज अघि रकलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज समेत गुमाउने भएका छन् ।
कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेका छन् ।
आयरल्याण्ड क्रिकेट उनको स्थानमा स्टेफेन डोहिनीलाई टिममा बोलाएको छ ।
एकदिवसीय सिरिजपछि आयरल्याण्डले दक्षिण अफ्रीकासँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।