रोनाल्डोलाई ईएसपीवाई अवार्ड
आइतबार, असार २७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ईएसपीवाई अवार्ड जितेका छन् ।
ईएसपीवाई अवार्डमा सन् २०२१ को उत्कृष्ट पुरुष फुटबल खेलाडी बन्दै रोनाल्डोले 'बेस्ट इन्टरनेसनल एथ्लेट अवार्ड' जितेका छन् ।
युभेन्ट्सका फरवार्ड रोनाल्डोले केलियन एमबाप्पे, लियोनल मेस्सी र मोहमद सलाहलाई पछि पार्दै यस अवार्ड जितेका हुन् ।
महिलातर्फ अमेरिका तथा म्यानचेस्टर सिटीकी साम मेविसले यस अवार्ड जितेकी छिन् ।
अमेरिकाको टेलिभिजन नेटवर्क एबीसी र ईएसपीएनले यस अवार्ड हरेक वर्ष विभिन्न विधामा प्रदान गर्दै आईरहेको छ ।
बेलायतका फर्मुला वान ड्राइभर लेविस ह्यामिल्टनले बेस्ट ड्राइभर अवार्ड जितेका छन् ।
टेनिसको पुरुषतर्फ नोभाक जोकोभिच र महिलातर्फ नाओमी ओसाकाले यस अवार्ड जितेका छन् ।







-1762660030983.webp&w=3840&q=75)





-1762650963668.webp&w=3840&q=75)