कोपामा मेस्सीका ५ कीर्तिमान

एजेन्सी । मेस्सीमाथि गरिने सर्वकालिन महान खेलाडीको बहष अब टुङ्गिएको हुनुपर्छ । मेस्सीले अर्जेन्टिनाका लागि कोपा अमेरिका जितेका छन् । कोपा दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठुलो प्रतियोगिता हो । मेस्सीले अर्जेन्टिनालाई पहिलो अन्तराष्ट्रिय उपाधि जिताएका छन् ।
मेस्सी विश्व फुटबलका अद्धितिय खेलाडी मानिन्छन् । उनले युरोपेली क्लब फुटबलमा आफुलाई पटक पटक सर्वोकृष्ट प्रमाणित गरेका छन् । मेस्सी सम्मिलित बार्सिलोनाले युरोपेली क्लब फुटबलमा जितेका उपाधिले समेत त्यसलाई पुष्टि गर्छ । उनी आफैले वर्षको उत्कृष्ट फुटबलरको उपाधि वालेन डी ओर सर्वाधिक ६ पटक जितेका छन् । तर उनले देशका लागि केही जित्न सकेका थिएनन् । त्यसैले मेस्सीको खेल कौशल र सफलताका बीच उनलाई सर्वकालिन महान खेलाडी मान्ने-नमान्नेमा धेरै विवाद हुने गर्दथ्यो ।
मेस्सी आफै देशका लागि केही जित्न चाहन्थे । तर सकिरहेका थिएनन् । पटक पटकको असफलताले उनलाई अत्यन्त निराश बनाएको थियो । त्यसले अघिल्लो संस्करणको कोपामा उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । त्यो निर्णय लामो समय टिकेन । तमाम दबाबका बीच उनी अन्तराष्ट्रिय फुटबलमा फर्किए ।
यसपटक कोपा अमेरिकाको उपाधिसंगै मेस्सीले प्रतियोगितामा केही ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । प्रतियोगिताको सुरुवात सुस्त देखिएपनि मेस्सीको लयसंगै अर्जेन्टिनाले प्रतियोगितामा उत्कृष्ट पुनरागमन रच्यो । मेस्सी आफैले अर्जेन्टिना र कोपाका लागि केही कीर्तिमानहरु बनाए । केही कीर्तिमान यहाँ उल्लेख गरिएको छ ।
अर्जेन्टिनाबाट सर्वाधिक क्याप
कोपा अमेरिकामा मेस्सीले बार्सिलोनाका पूर्व खेलाडी तथा अर्जेन्टिनी खेलाडी जाभियार मासेरानोको सर्वाधिक १ सय ४७ खेलको कीर्तिमान भंग गरे । समूह चरणको अन्तिम खेलमा बोलिभियाविरुद्ध खेल्दै १ सय ४४ खेल पुरा गरेका थिए । उनी अर्जेन्टिनाबाट सर्वाधिक क्याप जित्ने सर्वकालिन खेलाडी बनेका छन् । उनले अहिले १ सय ५१ अन्तराष्ट्रिय क्याप पुरा गरेका छन् ।
६ संस्करणको कोपा खेल्ने पहिलो अर्जेन्टिनी
मेस्सी सन् २०२१ मा जारी कोपामा सहभागी छन् । तर उनी ६ वटा संस्करणको कोपा अमेरिका खेल्ने पहिलो अर्जेन्टिनी खेलाडी हुन् । उनले सन् २००७ देखि २०२१ सम्म प्रतियोगिता खेलेका छन् । यसअघि बार्सिलोनाका पूर्व कप्तान मासेरानोको नाममा सर्वाधिक ५ कोपा खेल्ने कीर्तिमान रहेको थियो ।
एकै प्रतियोगितामा सर्वाधिक एसिस्ट
उनी कोपा अमेरिका २०२१ मा सर्वाधिक गोलको अवसर सिर्जना गर्ने खेलाडी बनेका छन् । उनले ६ खेलमा ५ गोलको अवसर सिर्जना गरेका छन् । योसगै उनी एकै प्रतियोगितामा सर्वाधिक गोलको अवसर सिर्जना गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
सर्वाधिक कोपा खेल्ने
कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिनाले ब्राजिलसंग उपाधिका लागि प्रतिस्पर्धा गर्यो । योसंगै मेस्सीले चिलीका सर्जियो लिविंगस्टोनले कोपामा खेलेको ३४ म्याचको कीर्तिमान बराबरी गरेका छन् । प्रतियोगिताको सुरुवात अघि बार्सिलोनाका खेलाडीले २७ खेल पुरा गरेका थिए । जो आफ्नै देशका मासेरानोभन्दा एक खेल बढी थियो ।
कोपामा सर्वाधिक गोल
मेस्सीले सन् २०२१ को कोपामा ६ खेलमा ४ गोल गरेका छन् । उनले पछिल्ला ६ संस्करणमा १३ गोल गरेका छन् । उनी जिजिनहो (ब्राजिल) र नोरबर्टो मेन्डिेज (अर्जेन्टिना)को १७ गोल भन्दा चार गोल कम छन् । जो प्रतियोगितामा कुनैपनि खेलाडी सर्वाधिक गोल हो ।







-1762660030983.webp&w=3840&q=75)





-1762650963668.webp&w=3840&q=75)