फोडेनले फाइनल गुमाउन सक्ने
शनिबार, असार २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डका युवा मिडफिल्डर फिल फोडेनले युरोकपको फाइनल खेल गुमाउन सक्ने भएका छन् ।
खुट्टाको चोटको कारण फोडेनले इटालीविरुद्धको फाइनल खेल गुमाउने सम्भावना बढेको छ ।
२१ वर्षीय मिडफिल्डर फाइनल अघिको टिम प्रशिक्षणमा समेत उपस्थित भएका थिएनन् ।
तर, मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले उनको चोट सामान्य रहेको बताएका छन् ।
इंग्ल्यान्डले युरोकपको उपाधिका लागि आइतबार राति इटालीसँग वेम्बली स्टेडियममा प्रतिस्पर्धा गर्नेछ ।
म्यानचेस्टर सिटीका फोडेनले युरोको सुरुवाती दुई खेलमा प्लेईङ सेटमा रहेर खेलेका थिए ।
त्यसपछिका खेलमा भने उनी परिवर्तित खेलाडीको रुपमा खेल्दै आइरहेका छन् ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

