एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई जितका लागि २ सय ४८ रनको लक्ष्य दिएको छ ।
लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनायो ।
इंग्ल्यान्डका लागि फिल साल्टले ६० रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स भिन्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा लेविस ग्रेगोरीले ४० रन बनाए ।
ब्रेडोन कार्सेले ३१ रन जोडे भने कप्तान बेन स्टोक्स २२ रनमा आउट भए ।
पाकिस्तानका हसन अलीले ५ विकेट लिए । हरिस राउफले २ विकेट लिए ।
तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।
पहिलो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।