एजेन्सी । भारत र श्रीलंकाबीचको एकदिवसीय र टी-ट्वान्टी क्रिकेट सिरिजको परिवर्तित खेल तालिका सार्वजनिक भएको छ ।
नयाँ खेल तालिका अनुसार भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिज जुलाई १८ बाट सुरु हुनेछ । यस अघि एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुने तालिका रहेको थियो ।
नयाँ तालिका अनुसार जुलाई १८ मा पहिलो, जुलाई २० मा दोस्रो र तेस्रो एकदिवसीय जुलाई २३ मा हुनेछ ।
यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज जुलाई २५ मा सुरु हुनेछ । यस अघि टी-ट्वान्टी जुलाई २१ बाट सुरु हुने तालिका रहेको थियो ।
दुई टिमबीचको दोस्रो टी-ट्वान्टी २७ जुलाई र तेस्रो टी-ट्वान्टी जुलाई २९ मा हुनेछ ।
घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना भाईरसको संक्रमण देखिएपछि सिरिज पाँच दिन ढिला सुरु हुने भएको हो ।
इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावर र निरोशनलाई कोरोना पोजेटिभ देखिएको थियो ।