आर्सनलले भित्र्यायो युवा डिफेन्डर नुनो
२०२१ जुलाई १०, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलले युवा डिफेन्डर नुनो ताभारेसलाई अनुबन्ध गरेको छ ।
आर्सनलले शनिबार पोर्चुगिज डिफेन्डर नुनोलाई अनुबन्ध गरिएको जनाएको छ ।
आर्सनलले नुनोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट क्लब भित्र्याएको हो ।
२१ वर्षीय डिफेन्डरलाई ८ मिलियन पाउण्डमा आर्सनलले अनुबन्ध गरेको हो ।
नुनोले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
लेफ्ट ब्याक नुनोले बेन्फिकाका लागि ३५ खेल खेलेका छन् । गत सिजन उनले प्रिमिरा लिगमा १४ खेल खेलेका थिए ।
नुनोले २०१९ मा बेन्फिकाको सिनियर टिममा डेब्यु गरेका थिए ।
नुनो पोर्चुगलका यू-२१ टोलीका सदस्य समेत हुन् ।