पेरुलाई हराउँदै कोलम्बिया तेस्रो
शनिबार, असार २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो बनेको छ ।
शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।
दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुमाथि रोमाञ्चक जित निकालेको हो ।
पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए ।
लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।
कोपा अमेरिकाको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना आईतबार बिहान भिड्दैछन् ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)


-1762650613586.webp&w=3840&q=75)

