एजेन्सी । भारत र श्रीलंकाबीचको एकदिवसीय र टी-ट्वान्टी क्रिकेट सिरिज सरेको छ ।
घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना भाईरसको संक्रमण देखिएपछि सिरिज सरेको हो ।
इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावर र निरोशनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुने तालिका रहेको थियो । तर, अब एकदिवसीय सिरिज जुलाई १८ बाट सुरु हुनेछ ।
यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज जुलाई २५ मा सुरु हुनेछ । यस अघि जुलाई २१ बाट सुरु हुने तालिका रहेको थियो ।