एजेन्सी । श्रीलंका क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
श्रीलंका क्रिकेटले ब्याटिङ प्रशिक्षक फ्लावरलाई कोरोना संक्रमण भएको जनाएको छ ।
इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावरलाई कोरोना पोजेटिभ देखिएको हो ।
इंग्ल्यान्ड भ्रमणबाट फर्किएका टोलीका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ देखिएको श्रीलंका क्रिकेटले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि फ्लावर सेल्फ आईसोलेसनमा बसेका छन् ।
श्रीलंकाले घरेलु मैदानमा भारतसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्दैछ ।
तीन खेलको एकदिवसीय सिरिज मंगलबार सुरु हुनेछ ।
यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज जुलाई २१ मा सुरु हुनेछ ।