एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी (सिईओ) मनु साहनीले पद छाडेका छन् ।
आईसीसीले बिहीबार एक विज्ञप्ति निकाल्दै सिईओ मनुले तत्कालबाट लागु हुने गरि संगठन छाडेको जनाएको छ ।
'अन्तराष्ट्रिय क्रिकेट परिषद् घोषणा गर्दछकी प्रमुख कार्यकारी मनु साहनीले तत्कालबाट संगठन छाडेका छन्,' आईसीसीले विज्ञप्तिमा भनेको छ ।
आईसीसीले जियोफ अलार्डिसलाई कार्यवाहक सिईओ नियुक्ति गरिएको समेत जनाएको छ ।
मनु सन् २०१९ को जनवरीमा सिईओ नियुक्ति भएका थिए । तर, उनी गत मार्चबाट निलम्बनमा परेका थिए ।
संगठनका कर्मचारीहरुलाई अपमानजनक व्यवहार गरेको कारण उनलाई निलम्बन गरिएको बताईएको थियो ।