काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
आयोजक ईपीएल क्रिकेटले बिहीबार एक विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस अघि नै प्रतियोगिता आयोजनाको लागि अनुमति दिईसकेकोछ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।
यस अघि चौंथो संस्करणको प्रतियोगिता चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तालिका रहेको थियो । तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।