काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आज (बिहीबार) राति इंग्ल्यान्ड जाने भएका छन् ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड जाने भएका हुन् ।
सन्दीपका म्यानेजर रमण शिवाकोटीले सन्दीप आज राति इंग्ल्यान्ड प्रस्थान गर्ने जानकारी गराए ।
सन्दीप इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्ने छन् । यस्तै उनको दुई पटक कोरोनाको पीसीआर प्रशिक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको द हन्ड्रेड क्रिकेट खेल्ने छन् ।
१०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुने तालिका रहेको छ ।
यस अघि सन्दीपले भाइटालिटी टी-ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।
बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाएका हुन् । उक्त प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।