एजेन्सी । लेग स्पिनर राशिद खान अफगानिस्तानको कप्तान नियुक्त भएका छन् ।
अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार राशिदलाई टी-ट्वान्टी क्रिकेटको कप्तान चयन गरेको हो ।
राशिद दोस्रो पटक अफगानिस्तानको कप्तान चयन भएका हुन् ।
यस अघि सन् २०१९ मा राशिदले टिमको कप्तानी गरेका थिए ।
यस्तै मिडल अर्डर ब्याट्सम्यान नाजिबउल्लाह जाड्रनलाई उपकप्तान चयन गरेको छ ।
२२ वर्षीय राशिदले अफगानिस्तानका लागि ५ टेस्ट खेल्द ७४ एकदिवसीय खेलेका छन् । यस्तै उनले ५१ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।