एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमका ३ खेलाडीसहित ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पाकिस्तानसँगको एकदिवसीय सिरिज अघि गरिएको परिक्षणमा ३ खेलाडी र ४ स्टाफमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले खेलाडीसहित ७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
बोर्डले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने गोप्य राखिएको छ । उनीहरु सेल्फ आईसोलेसनमा बसेको बोर्डले जनाएको छ ।
यस्तै बोर्डले अलराउण्डर बेन स्टोक्स कप्तानको रुपमा टिममा फर्किएको जनाएको छ ।
यस अघि इंग्ल्यान्डले घोषणा गरेको टिममा उनी थिएनन् । इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको थियो ।
इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।