एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ ।
द ओभलमा बिहीबार राति भएको दोस्रो एकदिवसीयमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो ।
श्रीलंकाले दिएको २ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गन र जोय रुटले अर्धशतकीय इनिङ्स खेले ।
कप्तान मोर्गन ७५ रनमा अविजित रहे । रुटले अविजित ६८ रन बनाए ।
ओपनर जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । जोनी बेयर्स्टो २९ रनमा आउट भए ।
श्रीलंकाका चमिका करुनारत्ने र वानिन्दु हसरंगाले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।
श्रीलंकाका लागि धनन्जय दा सिल्भाले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डसुन शनकाले ४७ रन जोड्दा वानिन्दु हसरंगाले २६ रन जोडे । चमिका करुनारत्ने २१ रनमा आउट भए ।
श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका साम कुरानले ५ विकेट लिए । डाभिड विलिको नाममा ४ विकेट रह्यो ।
यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
आईसीसी विश्वकप सुपर लिग अन्तर्गत रहेको अन्तिम खेल आइतबार हुनेछ ।
यस अघि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो ।