एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युएईका क्रिकेटर अमिर हायात र अस्फाक अहमेदलाई आठ वर्षको प्रतिबन्ध लगाएको छ ।
आईसीसीले बिहीबार एन्टी करप्सन नियम उलंघन गरेको भन्दै अमिर र अस्फाकलाई प्रतिबन्ध गरिएको जनाएको छ ।
आईसीसीले दुबै खेलाडीलाई गत वर्षको भदौमा निलम्बन गरेको थियो ।
उनीहरुको प्रतिबन्ध २०२० को सेप्टेम्बर १३ बाट सुरु भएको आईसीसीले जनाएको छ ।