एजेन्सी । न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा उक्लिएका हुन् ।
अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथलाई पछि पार्दै विलियम्सन शीर्ष स्थानमा उक्लिएका हुन् । अघिल्लो वरीयतामा विलियम्सन दोस्रो स्थानमा रहेका थिए ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलपछि विलियम्स शीर्ष स्थानमा उक्लिएका हुन् । विलियम्सनको कप्तानीमा न्युजिल्याण्डले भारतलाई हराएर पहिलो संस्करणको उपाधि जितेको थियो ।
यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली चौंथो स्थानमा उक्लिदा इंग्ल्यान्डका जोय रुट पाँचौं स्थानमा छन् ।
बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् ।
भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका टिम साउथी तेस्रो स्थानमा छन् । अष्ट्रेलियाका जोस हाजलउड चौंथो र न्युजिल्याण्ड निल वाग्नेर पाँचौं स्थानमा छन् ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।
भारतका रविचन्द्र आश्विन चौंथो र बंगलादेशका शाकिब अल हसन पाँचौ स्थानमा छन् ।