एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले रोमान्चक जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रीकाले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि निकोलस पुरण र इभिन लेविसले समान २७/२७ रन बनाए । आन्द्रे रसेलले २५ रन जोड्दा लेन्डल सिमोन्सले २२ रन बनाए ।
सिमोन हिटमायर १७ रनमा आउट हुँदा जासन होल्डर १६ रनमा पेभेलियन फर्किए । फाबियन एलनले अविजित १४ रन जोडे ।
दक्षिण अफ्रीकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि क्विन्टन डी ककले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । रस्सी भान डेर डुसेनले ३२ रन जोड्दा एडिन मार्क्रमले २३ रन बनाए । रिजा हेन्ड्रिक्सले १७ रनमा आउट भए ।
वेस्ट इन्डिजका ओबेड म्याककोएले ४ तथा ड्वाने ब्राभोले ३ विकेट लिए ।
यस जितसँगै दक्षिण अफ्रीकाले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।
पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको थियो ।
दोस्रो खेलमा दक्षिण अफ्रीका १६ रनले विजयी भएको थियो ।