काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले लामो समयबाट देखिएको पेश्की फर्छ्यौट गर्न सूचना निकालेको छ ।
क्यानले मंगलबार संघका वर्तमान सदस्य, पूर्व सदस्य, जिल्ला क्रिकेट संघ तथा तत्कालिन क्षेत्रिय क्रिकेट विकास समितिलाई पेश्की फर्छ्यौट गर्न सूचना निकालेको हो ।
क्यानले संघको लेखापरिक्षण २०७६/७७ को प्रतिवेदनमा विगत लामो समयबाट पेश्की देखिएको जानकारी गराउदै फर्छ्यौट गर्न अनुरोध गरेको हो ।
क्यानले ३५ दिन भित्र पेश्की फर्छ्यौट गर्न अनुरोध गरेको छ । तर, क्यानले कति रकम फर्छ्यौट गर्न बाँकी रहेकोबारे केहि खुलाएको छैन ।
क्यानले यस अघि पनि पटक पटक पेश्की फर्छ्यौटको लागि सूचना निकाल्दै आएको छ । क्यानले फर्छ्यौट नगरेमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ ।
यस्तै क्यानले संघलाई आवश्यक पर्ने समान तथा सेवाहरु आपुर्तीका लागि दरखास्त आह्वान समेत गरेको छ ।