एजेन्सी । घरेलु टिमसँगको क्रिकेट सिरिजका लागि इंग्ल्यान्डमा रहेका श्रीलंकाका तीन खेलाडीलाई घर फर्काईएको छ ।
कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि श्रीलंकाले तीन खेलाडीलाई घर फर्काएको हो ।
श्रीलंकाले उपकप्तान कुशल मेन्डिस, ओपनर दनुश्का गुनाथलिका र विकेटकिपर निरोशन डिक्वेलालाई घर फर्काएको हो ।
तीनै खेलाडी बायो बबल्सको पालना उलंघन गर्दै सार्वजनिक स्थान डुरहाम सिटी सेन्टरमा गएका थिए । सिटी सेन्टर पुगेको तस्बिर सामाजिक संजालमा सावर्जनिक गरेपछि उनीहरु विवादमा आएका थिए ।
इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंका टोलीले अब एकदिवसीय सिरिज खेल्दैछ ।
तीन खेलको सिरिज अन्तर्गतको पहिलो एकदिवसीय मंगलबार हुनेछ । त्यस्तै जुलाई १ मा दोस्रो र जुलाई ४ मा अन्तिम खेल हुनेछ ।
यस अघि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो ।