एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।
कार्डिफमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ८९ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
इंग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए । ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे ।
श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका डेभिड विलीले ३ विकेट लिए । साम कुरानले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
इंग्ल्यान्डका डाविड मालनले ७६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोनी बेयर्स्टोले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा लियाम लिभिङस्टोनले १४ रन जोडे ।
श्रीलंकाका दुश्मन्था चामिराले ४ विकेट लिए ।
यस अघि पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।
यस्तै दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो ।