काठमाडौं । अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले इंग्ल्यान्डको द हन्ड्रेड क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।
प्रतियोगिताका लागि म्याक्सवेल लण्डन स्प्रिटमा अनुबन्धित थिए ।
लण्डनका मुख्य प्रशिक्षक शेन वार्नले म्याक्सवेलले नाम फिर्ता लिएको पुष्टि गरेका छन् ।
तर इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले औपचारिक रुपमा केहि बताएको छैन ।
बंगलादेश र वेस्ट इन्डिज भ्रमणका लागि म्याक्सवेलले प्रतियोगिताबाट नाम फिर्ता लिएको बताईएको छ ।
म्याक्सवेल प्रतियोगिताबाट नाम फिर्ता लिने चौंथो विदेशी खेलाडी हुन् ।
यस अघि अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर र अलराउण्डर मार्कुस स्टोनिसले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए । यस्तै दक्षिण अफ्रीकाका कागिसो समेत नाम फिर्ता लिएका थिए ।
प्रतियोगिता जुलाई २१ बाट अगस्ट २१ सम्म हुने तालिका रहेको छ ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिता नेपालका सन्दीप लामिछानेले खेल्दै छन् ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने छन् ।