एजेन्सी । इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले श्रीलंकाविरुद्धको सिरिज अन्तर्गतका बाँकी खेलहरु गुमाउने भएका छन् ।
चोटका कारण बट्लरले घरेलु मैदानमा जारी श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने भएका हुन् ।
कार्डिफमा जारी टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा उनले चोट बोकेका थिए । बट्लरले दाहिने खुट्टाको पिडुलाको चोट बोकेको बताईएको छ ।
इंग्ल्यान्डले उनको स्थानमा डेभिड मालनलाई टिममा बोलाएको छ ।
इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज २-० ले जितिसकेको छ । अन्तिम तथा तेस्रो खेल शनिबार हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि इंग्ल्यान्डले श्रीलंकासँग एकदिवसीय सिरिज खेल्नेछ ।
तीन खेलको एकदिवसीय सिरिज जुन २९ मा सुरु हुनेछ ।