काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फ्रेन्चाइज टिम काठमाडौं किङ्स-११ ले मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ ।
काठमाडौंले बुधबार एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।
काठमाडौंले इच्छुक प्रशिक्षकले आगामी जुलाई २० सम्म दरखास्त पठाउन सकिने जनाएको छ ।
मुख्य प्रशिक्षकका हुनका लागि आईसीसी वा एसीसीको लेभल २ लाइन्स प्राप्त गरेको हुनु पर्नेछ ।
यस्तै दुई वर्ष प्रशिक्षण अनुभव र नेपालको घरेलु क्रिकेटबाट जानकार हुनु पर्नेछ ।
नेपाली प्रशिक्षक ५० वर्ष भन्दा मुनिको हुनु पर्नेछ । यस्तै फस्ट क्लास वा अन्तराष्ट्रिय क्रिकेट खेलेको अनुभव हुनु पर्नेछ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट आगामी असोजमा आयोजना हुनेछ ।
आयोजक ईपीएल क्रिकेटले चौंथो संस्करणको प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुने जनाएको छ ।
ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ ।