एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा भारतले न्युजिल्याण्डलाई जितका लागि १ सय ३९ रनको लक्ष्य दिएको छ ।
साउथह्याम्पटनमा बुधबार दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले सामान्य लक्ष्य पाएको हो ।
न्युजिल्याण्डका बलर चम्किएपछि दोस्रो इनिङ्समा भारतका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।
भारतका ऋषव पन्तले सर्वाधिक ४१ रन बनाए । रोहित शर्माले ३० रन जोड्दा रविन्द्र जडेजाले १६ रन बनाए ।
अजिन्का रहाणे र चेतेश्वर पुजारा समान १५ रनमा आउट हुँदा कप्तान विराट कोहली र मोहमद शामी समान १३ रनमा आउट भए ।
न्युजिल्याण्डका टिम साउथीले ४ विकेट लिए । ट्रेण्ड बोल्टले ३ तथा केली जेमिसनले ३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २ सय १७ रन जोड्दा अलआउट भएको थियो ।
पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए ।
शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।
भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।
त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २/२ विकेट लिए ।
पहिलो इनिङ्समा न्युजिल्याण्ड पनि २ सय ४९ रन जोड्दा अलआउट भएको थियो ।
न्युजिल्याण्डका लागि पहिलो इनिङ्समा ओपनर डेभोन कन्वेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टम लाथम ३० रन जोडेर आउट भए ।
कप्तान केन विलियम्सनले ४९ रन जोड्दा टम लाथम ३० रन जोडेर आउट भए । टिम साउथीले ३० रन जोड्दा केली जेमिसन २१ रन बनाए ।
भारतका मोहमद शामीले ४ विकेट लिए । इशान शर्माले ३ तथा रविचन्द्र आश्विनले २ विकेट लिए ।