एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल अन्तर्गत भारतविरुद्धको पहिलो इनिङ्समा न्युजिल्याण्ड अलआउट भएको छ ।
साउथह्याम्पटनमा जारी टेस्टको पहिलो इनिङ्समा न्युजिल्याण्ड २ सय ४९ रन जोड्दा अलआउट भएको हो ।
पहिलो इनिङ्समा अलआउट भएपछि न्युजिल्याण्डले भारतविरुद्ध ३२ रनको सामान्य अग्रता बनाएको छ ।
न्युजिल्याण्डका लागि पहिलो इनिङ्समा ओपनर डेभोन कन्वेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टम लाथम ३० रन जोडेर आउट भए ।
कप्तान केन विलियम्सनले ४९ रन जोड्दा टम लाथम ३० रन जोडेर आउट भए । टिम साउथीले ३० रन जोड्दा केली जेमिसन २१ रन बनाए ।
भारतका मोहमद शामीले ४ विकेट लिए । इशान शर्माले ३ तथा रविचन्द्र आश्विनले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २ सय १७ रन जोड्दा अलआउट भएको थियो ।
पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए ।
शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।
भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।
त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २/२ विकेट लिए ।