एजेन्सी । आयरल्याण्डका अलराउण्डर केभिन ओ'ब्रायनले एकदिवसीयको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
केभिनले शुक्रबार एकदिवसीय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
३७ वर्षीय केभिनले आयरल्याण्डबाट १ सय ५३ एकदिवसीय खेल खेलेका छन् ।
उनले ३ हजार बढी रन जोड्दा १ सय १४ विकेट लिएका छन् ।
'आयरल्याण्डका लागि १५ वर्ष खेलेपछि मलाई लाग्छ एकदिवसीय अन्तराष्ट्रियबाट अवकाश लिनु यो उपयुक्त समय हो,' उनले भनेका छन् ।
सन् २००६ देखी राष्ट्रिय टोलीमा रहदै आएका केभिन टेस्ट क्रिकेटमा आयरल्याण्डबाट पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् ।
केभिनले सन् २०११ को एकदिवसीय विश्वकपमा इंग्ल्यान्डविरुद्धको खेलमा विश्वकपकै सबैभन्दा चाँडो शतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए । उनले ५० बलमा शतक बनाएका थिए ।
केभिनले नेपालको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता समेत खेलेका थिए ।
काठमाण्डौं किंग्स इलाभेनबाट उनले ईपीएल खेलेका थिए ।