एजेन्सी । जिम्बावेका तीव्र गतिका बलर केली जार्भिसले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छ ।
जार्भिसले बिहीबार ३२ वर्षको उमेरमै क्रिकेटबाट सन्यास घोषणा हुन् ।
जार्भिसले चाडै सन्यास लिनुको कारण चोट रहेको बताएका छन् ।
पछिल्लो केहि वर्षबाट उनी चोटको कारण मैदान बाहिर रहदै आएका थिए ।
जार्भिसले जिम्बावेका लागि ८४ अन्तराष्ट्रिय खेलमा १ सय ३२ विकेट लिएका थिए । जसमा ४६ टेस्ट, ५८ एकदिवसीय र २८ टी-ट्वान्टी विकेट रहेको छ ।
उन्ल फस्ट क्लास क्रिकेटमा ३ सय २० विकेट लिएका छन् ।
पछिल्लो पटक उनले २०२० को जनवरीमा श्रीलंकाविरुद्धको टेस्ट खेलेका थिए ।