एजेन्सी । भारतले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको छ ।
बीसीसीआईले बिहीबार विराट कोहलीको कप्तानीमा सुरुवाती-११ सार्वजनिक गरेको हो ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले न्युजिल्याण्डसँग खेल्नेछ ।
साउथह्याम्पटनमा हुने फाइनल खेल भोलि (शुक्रबार) बाट सुरु हुनेछ ।
च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन् ।
उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।
भारतको सुरुवाती-११
विराट कोहली,रोहित शर्मा, शुबमन गिल, चेतेश्वर पुजारा, अजिन्का रहाणे, ऋषव पन्त, रविन्द्र जडेजा, रविचन्द्र आश्विन, जस्प्रित बुम्राह, इशान्त शर्मा, मोहमद शामी