एजेन्सी । दक्षिण अफ्रीकाका ब्याट्सम्यान फाप डु प्लेसिसले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् ।
क्वेटा ग्लाडीयटर्सबाट खेलिरहेका प्लेसिसले टाउकोमा लागेको चोटका कारण बाँकी खेक गुमाउने भएका हुन् ।
प्लेसिस शनिबार राति पेशावर जाल्मीविरुद्धको खेलमा घाइते भएका थिए । उनी फिल्डिङ गर्ने क्रममा आफ्नै टिमका मोहमद होसनेनसँग ठोक्किदा घाइते भएका थिए ।
उनको टाउको मोहमदको खुट्टामा ठोक्किएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त दुर्घटनापछि उनको स्मरण शक्तिमा समस्या देखिएको थियो ।
उनी दक्षिण अफ्रीका समेत फर्किसकेका छन् ।
प्लेसिसले यस सिजन पाँच खेल खेलेका थिए ।