एजेन्सी । भारतले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि टिमको घोषणा गरेको छ ।
भारतले मंगलबार विराट कोहलीको कप्तानी १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
भारतके घोषणा गरेको टिममा सार्दुल ठाकुर, वासिङ्गटन सुन्दर, अक्षर पटेल, मायांक अग्रवाल र केएल राहुल अटाएका छैनन् ।
उमेश यादव सहित पाँच पेसर टिममा राखिएको छ ।
टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले न्युजिल्याण्डसँग खेल्नेछ ।
साउथह्याम्पटनमा हुने फाइनल जुन १८ देखि २२ सम्म हुने तालिका रहेको छ ।
न्युजिल्याण्डले यस अघि नै टिमको घोषणा गरिसकेको छ ।
च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार टेस्ट च्याम्पियनसिपको विजेताले पाउने पुरस्कारको घोषणा गरेको हो ।
यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।