ब्राजिलको टिम घोषणा
बिहिबार, जेठ २७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । कोपा अमेरिका फुटबल खेल्ने ब्राजिलको टिम घोषणा भएको छ ।
ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिकाका लागि २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
ब्राजिलको कप्तानी नेयमारले गर्ने छन् ।
कोपा अमेरिका ब्राजिलमै आयोजना हुँदैछ ।
यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो ।
तर,कोरोना महामारीको कारण प्रतियोगिता ब्राजिलमा सारिएको हो ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।
उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)