बिहिबार, २५ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

काठमाडौंविरुद्ध ललितपुर : प्लेयर्स टु वाच

बिहिबार, ३० बैशाख २०७८खेलपाटी संवाददाता
काठमाडौंविरुद्ध ललितपुर : प्लेयर्स टु वाच
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा आज काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं र ललितपुरबीचको उपत्यका डर्बी खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । विजेताले उपाधिका लागि धनगढी एफसीसँग खेल्नेछ ।

पहिलो एलिमिनेटर धनगढीसँग अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएपछि काठमाडौंले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

ललितपुरले भने दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंसँगको भेट पक्का गरेको हो ।

लिग चरणको उद्घाटन खेलमा काठमाडौं र ललितपुर प्रतिस्पर्धा गरेका थिए । उक्त खेलम काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो ।

आज ललितपुर पहिलो भेटको हारको बदला लिन चाहन्छ । काठमाडौं भने अघिल्लो जित दोहोर्याउन चाहन्छ ।

काठमाडौलाई मार्की खेलाडी विकेश कुथु, तेज तामाङ, विदेशी खेलाडी मेसौके, स्टेफन, छिरिङ गुरुङ जस्ता खेलाडीको साथ रहनेछ ।

ललितपुरलाई मार्की तथा कप्तान अन्जन सहित, डोना थापा, निरज बस्नेत, कमल श्रेष्ठ, एरिक बिष्ट, पिटर सेगुन, नुर्लान जाहिद जस्ता खेलाडीको साथ रहनेछ ।

आजको खेलमा ललितपुरका नुर्लान जाहिद र काठमाडौंका तेज तामाङ प्रभावशाली देखिन सक्छन् । उनीहरु खेलको प्लेयर्स टु वाचका रुपमा रहेका छन् ।


तेज तामाङ (काठमाडौं)

अक्सनको सुरुवातमै बिक्री भएका थिए तेज तामाङ । उनी २ लाखमा बिक्ने पहिलो खेलाडी हुन् । तर पहिलो खेलमा तेज कोरोनाका कारण ललितपुरविरुद्ध खेल्न पाएनन् । दोस्रो खेलमा धनगढीवरुद्ध सुरुवाती सेटबाटनै खेल्दै आएको तेजको त्यसपछिको खेलमा निकैनै उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका छन् ।

नेपाल राष्ट्रिय फुटबल टोलीका समेत नियमित सदस्य रहेको तेजले यस प्रतियोगितामा एक गोल गरेका छन् । मध्यभागमा बल नियन्त्रणमा राख्दै सटिक पास उपलब्ध गराउने र लामा सट प्रहार गर्न तथा अग्रपंक्तिमा सहजै बल उपलब्ध गराउने तेजको कला हो ।

तेजसँग नेपालको उमेर समूहसहित 'ए' डिभिजन लिगमा नेपाल पुलिसबाट खेल्दाको अनुभव रहेको छ ।

नुर्लान नोभ्रुजोभ जाहिद (ललितपुर सिटी)

अजरबैजानका नुर्लान नोभ्रुजोभ नेपालमा पहिलो पटक खेल्दैछन् । सुरुवाती केहि खेलमा लय समात्न नसकेका नुर्लान पछिल्ला खेलहरुमा भने निकै फर्ममा रहेको देख्न सकिन्छ । ललितपुरले प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा नुर्लान टोलीको महत्वपूर्ण खेलाडी रहेका छन् ।

जारी लिगमा पुरा खेल खेलेका उनले २ गोल गरिसकेका छन् । होचा कदका मिडफिल्डर नुर्लाान ‘आउट अफ बक्स’ बाट बल प्रहार गर्न, अप्रत्यासित तरिकाले बल अग्रपंंक्तिसम्म पुर्याउन र बल हाल्ड गर्नमा नुर्लान माहिर छन् ।

अजरबैजानको यू-२३ टोलीबाट खेलिसकेका नुर्लान काठमाडौंविरुद्ध पुरा समय छाउनेमा ललितपुरका खेलाडीको अग्रपंक्तिमा देखिन्छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने

के अर्जेन्टिनालाई विश्वकप जिताउन  ‘सहयोग’ भइरहेको छ ?

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने

के अर्जेन्टिनालाई विश्वकप जिताउन  ‘सहयोग’ भइरहेको छ ?

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

 ‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग