आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनिषले विराटनगरबाट एनएसएल खेल्ने

आइतबार, २९ चैत्र २०७७नमीन ढकाल
मनिषले विराटनगरबाट एनएसएल खेल्ने

मनिष डाँगी । फाेटाे : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय यू–१९ फुटबल टोलीका सदस्य मनिष डाँगीले विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

दक्षिण कोरियाको स्थानिय विश्वविद्यालय एकेडेमीमा रहेर ब्यवसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर मनिष फ्रेन्चाईज फुटबल एनएसलमा विराटनगरमा आबद्ध भएका हुन् ।

एनएसएल बैशाख ११ गतेबाट २५ गतेसम्म काठमाडौंमा हुदैछ ।

उनलाई विराटनगरले स्थानीय खेलाडीको रुपमा टोलीमा समावेश गरेको हो । एनएसएलमा हरेक टोलीले १५ लिलामी, दुई स्थानिय र ३ विदेशी खेलाडी राख्नुपर्ने प्रावधान रहेको छ ।

सोहि अनुसार अनुप रञ्जन भट्टराईको स्वामित्वमा रहेको विराटनगरले नेपाल यू–१९ टोलीका सदस्य रहेको मनिषलाई टोलीमा समावेश गरिएको हो । उनलाई कति रकममा अनुबन्धित गरिएको भन्ने विषय क्लबले खुलाएको छैन ।

विराटनगर सिटीका निर्देशक सोनम घलेले मनिषलाई टोलीमा समावेश गरिएको खेलपाटीलाई पुष्टि गरे ।

‘मनिष राम्रो खेलाडी हो । त्यसैले उसलाई टोलीमा झिकाएका छौं ।’ सोनमले भने ।

विराटनगरको मार्की खेलाडीको रुपमा राष्ट्रिय फुटबल टोलीका सदस्य रन्जित धिमाल रहेका छन् । यस्तै, प्रशिक्षकमा भारतीय ए लाईसेन्स प्राप्त यान ल हुनेछन् । हाल टोलीले धरानमा सुरुवाती अभ्यास गरिरहेको छ । विराटनगरस्थित विराट रंगशालामा गोल्डकप सक्किएसँगै टोलीले आफ्नो तयारी बढाउनेछ ।

यसअघि मनिषले नेपालमा भएको यू–१८ साफ च्याम्पियनसिपबाट देशको प्रतिनिधित्व गरेका थिए । यस्तै, उनले जोर्डनमा भएको यू–१९ एएफसी कपको छनोट खेलमा नेपालबाट खेलेका थिए । त्यस लगत्तै भने उनी पुनः कोरिया प्रस्थान गरेका थिए ।

नेपालमा पहिलो पटक फुटबलको फ्रेन्चाईज प्रतियोगिता हुने भएसँगै उत्साहित रहेका मनिष नेपाल फर्किएका हुन् । उनले नेपाल फर्किए लगत्तै ४ पटकको ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारबाट मोफसलमा चौथो संस्करणको बागमती कप खेलेका थिए । थ्रीस्टारले उपाधिनै हात पारेको थियो ।

मनिष एनएसएल खेल्न आएको र सोहि समय पारेर थ्री स्टारबाट मोफसलको गोल्डकप खेलको आमा गिता डांगीले खेलपाटीलाई बताईन् ।

‘एनएसएल खेल्ने टुंगो लागेसँगै छोरा नेपाल आएको हो । सोहि समय पारेर थ्रीस्टारबाट खेल्यो र उपाधि पनि हात पार्याे ।’ गिताले भनिन् ।

यसअघि परिवारसँग कोरियामा बस्दै आएका मनिष नागरिकता बनाउन नेपाल आएका थिए । ७५ साल चैतमा नेपाल आएका उनले खालीबारी युवा क्लबबाट सी डिभिजन लिग खेलेका थिए । टोली च्याम्पियन समेत भएको थियो ।

त्यसपछि घरेलु फुटबलमा चर्चामा आएका मनिषले उमेर समुहको य–ू१८ र १९ हुँदै एएफसी कप अघि मनाङ मस्र्याङ्दी क्लबमा ट्रायल दिएका थिए । हाल उनी विराटनगर टोलीसँग धरानमा रहेका छन् ।

विराटनगरको हालसम्मको टोली

प्रशिक्षक : यान ल

मार्की खेलाडी : रन्जित धिमाल

खेलाडीहरु : अशोक थापा, किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जूं ठकुरी, विजय धिमाल, सुर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुसिल लामा, सुनिल खड्का, दिपक राई, निर कुमार राई ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना