शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘भलिबलमा राम्रो योजना लागु गर्नुपर्छ’

शनिबार, ०७ चैत्र २०७७गिता राई
‘भलिबलमा राम्रो योजना लागु गर्नुपर्छ’
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेल भएसँगै भलिबलले दुई ठुला कीर्तिमान कायम गर्यो । घरेलु खेलकुदमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि राम्रो पहिचान बनाउन सफल बन्यो । खेलाडीले पदक ल्याए र सरकारले सम्मान पनि दियो । तर, राष्ट्रिय खेलको मान्यता पाएसंगै जुन महत्व पाउनुपर्ने हो, त्यो हुन सकेको छैन ।

भलिबलका लागि यो स्वर्णीम समय हो । नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा ठुला सफलता हात पारेको छ । आम नेपालीले सम्पूर्ण खेलाडीलाई चिन्ने मौका पाएको छन् । तर यो स्वर्णीम समयलाई नेपाल भलिबल संघ तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कसरी चलायमान बनाउँछ भन्ने कुरा गहन विषय हो ।

यसै विषयमा केन्द्रित रहेर १३ औं साग खेलकुद र एभिसी सेन्ट्रल जोनमा नेपाललाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षक जगदीश प्रसाद भट्टसँग कुराकानी गरेका छौं ।

कसरी हुन्छ भलिबलमा विकास ?

‘कोभिडका कारण लामो समय लकडाउन भयो । तर लकडाउनको अन्त्यसँगै सबै खेल खुलिसकेका छन् । बिस्तारै प्रतियोगिता पनि सञ्चालनमा आइसकेका छन् । प्रतियोगिताबाट राम्रा क्षमतावान खेलाडीलाई छनोट गरेर राष्ट्रिय टिमका लागि तयार गर्न सके भलिबलको भविष्य राम्रो हुन्छ । देशभरी सबै ठाउँमा भलिबलका प्रतियोगिता भइरहेको छन् । प्रतियोगिताबाट आएका प्रतिभालाई छनोट गरेर टिम बनाउने, उनीहरुलाई कसरी ट्रेनिङ गराउने भन्ने सोच्नुपर्छ । अबको दुई÷तीन वर्षमा दोस्रो टिम बनाउने उद्देश्य अनुरुप गएको खण्डमा नेपालको भलिबलको भविष्य पनि राम्रो छ ।’ प्रशिक्षक भट्टले भने ।

उनले प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी बनाएर ‘एक्सपोजर’ दिनुपर्ने बताए ।

‘प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई ट्रेनिङ दिने, आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘एक्सपोज’ गराउने, पुराना खेलाडीलाई चुनौती दिने खालको खेलाडी उत्पादन भएमा मात्र नेपालको भलिबलको विकास हुन्छ ।’ उनले भने ।

प्रशिक्षक भट्टले खेलाडी परिवर्तन भइरहेको खण्डमा नतिजा पनि राम्रो आउने बताउँछन् ।

‘३–४ महिनापछि हुने प्रतियोगितामा राष्ट्रिय टिममा ६–७ जनानै खेलाडी परिवर्तन हुनु पर्यो । खासमा पुराना खेलाडीलाई उछिन्दै नयाँ खेलाडी आउनुपर्यो । त्यसपछि विकास देखिने हो र नतिजा आउने हो ।’ उनले भने ।

कस्तो ट्रेनिङ गराउने ?

‘ट्रेनिङमा सबैभन्दा अगाडि आउने कुरा भनेको सेवा सुविधा हो । जबसम्म खेलाडी तथा प्रशिक्षकलाई राम्रो सुविधा, ट्रेनिङ, खानपिन हुँदैन सिकाई प्रभावकारी हुँदैन ।’ भट्ट भन्छन् ।
खेलकुद परिषद् र संघले समन्वय गरेर कम्तिमा पनि २० खेलाडीलाई एकै ठाउँमा राखेर, एकै प्रकारको खानपिन, रहन सहन, बसोबास र योजना बनाएर नियमित ट्रेनिङ गराएमा स्तर वृद्धि हुने प्रशिक्षक भट्ट बताउँछन् ।

उनले सबै पक्षबाट खेलाडीलाई प्रोत्साहन बढाउने खालको कार्यक्रम गर्नुपर्ने बताए ।

‘खेलाडीलाई एक्सपोज गर्ने, उनीहरुको उत्साह, प्रेरणा बढाउनकालागि कस्तो प्रकारको सुविधा चाहियो ? धेरै गर्न नसकिएला तर खेलाडीलाई चित्त बुझाउने खालको गर्नुपर्छ ।’ उनले भने, ‘विभागले खेलाडीलाई जागिर दिइरहेको छ । अरु खेलाडीलाई पनि राम्रो खेलाडी बनेको खण्डमा जागिर पाउँछ र आफ्नो जिवनस्तर अलिकती माथि उठ्छ भन्ने खालको सन्देश प्रवाह ग¥यो भने नेपालको भलिबल माथि उठ्छ ।’

प्रशिक्षक भट्टले राष्ट्रिय टिम बलियो बनेको खण्डमा नेपालभर त्यसको सन्देश सकारात्मक जाने बताए ।

‘नेपालको राष्ट्रिय टिम बलियो हुनैपर्छ । अनि अन्तराष्ट्रिय सफलता हात पर्छ । र नेपालभरीमा त्यसको सन्देश सकारात्मक जान्छ । खेलाडी देखेर बच्चालाई उनीहरुजस्तै बन्ने प्रोत्साहन मिल्छ । त्यसकारण राष्ट्रिय टिमको अन्तराष्ट्रिय एक्सपोज, सफलतामा समग्र नेपाली भलिबलको विकास जोडिएको छ ।’ भट्टले भने ।

‘आधुनिक प्रविधि अनुसार प्रशिक्षण गराउने र सम्पुर्ण रेकर्ड जम्मा गरेर टिमलाई अगाडी बढाउन सक्ने खालको माहोल राष्ट्रिय खेलकुद परिषद् तथा सरकारले सृजना गर्नुपर्छ ।’ उनले भने ।

प्रशिक्षकहरुलाई विशेष प्रशिक्षणका लागि विदेश पठाउँदा खेलाडीको नतिजा राम्रो आउने भट्टले बताए ।

‘हामी कुन ठाउँमा कमजोर छौ र कुन पक्ष बलियो छ ? त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्छ । विपक्ष टिमको कमजोर, बलियो पक्ष, उचाई, प्राविधिक पक्ष, उनीहरुले सबल पक्ष बुझेर खेलाडीलाई तयार गर्नुपर्छ । त्यसका लागि प्रशिक्षक राम्रो हुनुपर्छ ।’ उनले थपे, ‘आफ्नो टिमको मनोविज्ञान बुझेर त्यसलाई समाधान गर्ने प्रशिक्षकले नै हो ।’

‘प्रशिक्षकले नयाँ प्रशिक्षकसँग आधुनिक भलिबलको सिपहरु सिकेर आए भने नेपालमा धेरै गर्न सक्छ । प्रशिक्षकनै आफै योग्य भएन, आफ्नो क्षमतालाई वृद्धि गर्न सकेन भने खेलाडीको स्तर वृद्धि हुँदैन । सबैभन्दा ठूलो पक्ष भनेको प्रशिक्षकलाई उत्प्रेरणा, प्रोत्साहन गर्ने, सेवा सुविधा दिनुपर्छ । जब प्रशिक्षकको स्तर वृद्धि हुन्छ अनि मात्र राम्रो खेलाडी उत्पादन हुन्छ ।’

कमजोर पक्ष

‘सरकार तथा परिषद्ले भलिबलमा बजेट कम गरेको छ । चाहिए जस्तो बजेट दिएको छैन । अरु खेलहरुमा राम्रो गरेको अवस्था छ ।’ भट्ट भन्छन् ।
राष्ट्रिय टिमलाई बलियो बनाउन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने भट्ट बताउँछन् ।

‘उमेर समूहको खेलहरु गर्ने, उमेर समूहबाट नै सिनियर टिमको लागि खेलाडीहरु ल्याउने राम्रो योजना बनाएर लागु गर्नुपर्छ ।’ उनले भने ।

प्रशिक्षक भट्टले प्रशिक्षक तथा खेलाडीलाई राम्रो सुविधा हुनुपर्नेमा जोड दिए ।

‘दक्ष प्रशिक्षकका लागि तालिम, अन्तराष्ट्रिय सहभागिता, खेलाडीको निरन्तर प्रशिक्षण, खेलाडीको बसोबास, खानपिन तथा जागिरको सुनिश्चितता हुनुपर्यो । अहिले अभ्यास, शारिरिक सबै कुराको राम्रा उपकरण आएका छन् । त्यसलाई पनि प्रयोग गर्नुपर्छ ।’ उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा