आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

६ वर्षपछि ‘गोल्डेन स्प्रिन्ट’ फर्कदै

बिहिबार, २७ फाल्गुण २०७७दिपेश तिमल्सिना
६ वर्षपछि ‘गोल्डेन स्प्रिन्ट’ फर्कदै
Loading ad...
mustang rice ad

काठमाडौं । सय मिटरको दौडमा सात वर्ष च्याम्पियन बनेका रघु वंन्त सन् १९९८ मा नेपाल एथ्लेटिक्स संघबाट बाहिरिसकेका थिए । उनी करिब १५ वर्ष खेलकुद बाहिर रहे । तर, स्प्रिन्ट विधामा सात पटक राष्ट्रिय च्याम्पियन बनेका उनले दौड प्रतिको माया भने मार्न सकेनन् ।

त्यसैले पनि उनी फेरी खेलकुदमा फर्किए । खासगरी उनी आफुले दौडेको स्प्रिन्ट विधाको दौडलाई जीवन्त राख्न चाहन्थे । दशक अघिको समय सम्झिदै रघु भन्छन्, ‘नेपालमा केही कमर्सियल बैंकहरुले समेत २०१२ अघि म्याराथनका प्रतियोगिता आयोजना गरिरहेका थिए । तर, स्प्रिन्टका प्रतियोगिताहरु हुँदैन थिए ।’

त्यसपछि उनले तत्कालिन एथ्लेटिक्स संघका महासचिव सुनिल राजवंशी र सुशिल नरसिंह राणालाई स्प्रिन्टको प्रतियोगिता गर्न आग्रह गरे । उनकै आग्रहमा राजवंशी र राणाले सन् २०१२ मा ‘वंन्त गोल्डेन स्प्रिन्ट’ नामक दौड गर्ने सोच बनाए र प्रतियोगिताको आयोजना गरे ।

‘मैले सुनिल र सुशिललाई स्प्रिन्टको पनि प्रतियोगिता गर्नु पर्छ भनेर सम्झाएको थिए । मैले त्यतिमात्र के भनेको थिए, उनीहरुले मेरै नामबाट प्रतियोगिता गर्ने निर्णाय गरे ।’ वंन्तले भने, ‘उनीहरुले दाईको सम्मान स्वरुप गर्ने भन्दै सुरु गरेका थिए । त्यसमा प्रायोजक पनि हामी आफैले गरेका थियौ ।’

उनले थपे, ‘त्यतिबेला राष्ट्रिय मिट वर्षमा एक पटक हुने भन्ने तय थियो । तर, त्यो प्रतियोगिता पनि कुनै समय तीन वर्ष सम्मसमेत आयोजना हुन सकेको थिएन ।’

No description available.

स्प्रिन्टर हराउन थाले पछि आफ्नो मनले नमानेको भन्दै गोल्डेन स्प्रिन्टको सुरुवात गरेको वंन्त सुनाउँछन् ।

‘स्प्रिन्ट खेल्नेहरुसँग समय थोरै हुन्छ । उनीहरुले म्याराथन दौडिने जस्तै १४–१५ वर्ष दौडिन सक्दैनन् । स्प्रिन्टले दौडिने भनेको धेरैमा ५–६ वर्ष हो । त्यो ५–६ वर्षमा प्रतियोगिता नै भएन भने खेलाडी आफै हराएर जान्छन् । नेपाली एथ्लेटिक्समा त्यही भइरहेको थियो ।’ उनले भने, ‘यो हेर्दा सय मिटर जस्तो मात्र देखिन्छ । तर यसमा धेरै एफोर्ट लाग्छ । यसमा खेलाडीले पनि धेरै मेन्टेनेन्स गर्न सक्नु पर्छ । हैन भने दुई वर्षमै सकिन्छ । किनभने स्प्रिन्ट खेलाडीको मसल्समा छिटो समस्या आउँछ ।’

त्यसलाई मध्यनजर गर्दै नेपाल एथ्लेटिक्स संघको अनुमतिविना नै सुरु भएको ‘वंन्त गोल्डेन स्प्रिन्ट’को पहिलो संस्करणमा दुई सय, चार सय, हाइजम्प र लङ्जम्प विधा समावेश गरिएका थिए । संघको अनुमति लिएर गरिएको दोस्रो संस्करणमा थप एक विधा थपिएको थियो ।

प्रतियोगिता ‘वंन्त’ को नामबाट सुरु गरिएको भन्दै विवाद भएपछि तेस्रो संस्करणमा ‘वंन्त’ हटाएर ‘गोल्डेन स्प्रिन्ट’ मात्र राखिएको । थप एक वर्ष आयोजना त भयो, त्यसपछि प्रतियोगिता अगाडी बढ्न सकेन् ।

No description available.

‘प्रतियोगिताको पहिलो संस्करण संघको अनुमति विना नै संचालन भएको थियौ । दोस्रोमा अनुमती लिएरै गर्यौ । तर, त्यसपछि अनुमतिकै कारण विवादमा रोकिए ।’ उनले भने, ‘हामीले प्रतियोगिता गर्न नखोजेका भेन हैनौ । तर, अनुमति दिन संघबाट झन्झटिलो भयो । संघका अध्याक्षलाई फोन गर्दा फोन नै नउठ्ने । यता राखेपले भने रंगशालाको ट्रयाक प्रतियोगिताका लागि उपलब्ध गराएको थियो ।’

तेस्रो संस्करणमा अहिलेका अध्यक्ष राजिव बिक्रम शाहलाई नै प्रमुख अथिति राखेर प्रतियोगिता संचालन गरेको उनले बताए । तर, संघको अध्यक्ष नै प्रमुख अतिथी रहेको प्रतियोगिता किन रोकियो भन्ने विषयमा संघले चासो नलिएको उनले बताए ।

६ वर्षदेखि रोकिएको ‘गोल्डेन स्प्रिन्ट’ फेरी एक पटक ब्युँतिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला संघ मिलेर हराएको ‘गोल्डेन स्प्रिन्ट’ प्रतियोगितालाई फेरी एक पटक ब्युँताउने प्रयास गरिएको छ ।

आयोजक तीनवटै जिल्लाले यहि फागुन २९ गते ‘गोल्डेन स्प्रिन्ट’ प्रतियोगिता आयोजनाको तयारी थालेको छ ।

‘पहिलो अनुमतिका कारण झन्झटिलो थियो । यतिबेला जिल्ला संघहरु नै भएपछि सजिलो भयो ।’ वंन्तले भने, ‘जिल्ला संघहरुले स्प्रिन्ट प्रतियोगिता गरे जस्तो पनि हुन्छ । आयोजनाका लागि सहज पनि भयो । राष्ट्रिय प्रतियोगिता भनेर मान्यता नदिए, जिल्ला त भन्न पाइयो ।’

यस वर्षको ‘गोल्डेन स्प्रिन्ट’ मा सय, दुई सय, चार सय, आठ सय र तीन हजार गरी पाँच विधा सिनियरमा रहेका छन् । जुनियरमा सय, चार सय र आठ सय समावेश गरिएको छ । यस वर्ष ‘गोल्डेन स्प्रिन्ट’ मा पहिलो पटक तीन हजार मिटरको दौड समावेश गरिएको छ ।

वंन्तले आर्थिक अभावका कारण धेरै विधा समावेश गर्न नसकेकाले मध्यम दौड समावेश गरिएको बताए ।

‘अहिले तीन हजार मिटरको दौड राखेका छौ । १५ सय नराखेर तीन हजार किन राखेको भन्ने प्रश्न पनि होला । किनभने तीन हजार प्राय कतै हुँदैन । जुन जुनियर एसियन लेबलमा मात्र हुन्छ,’ उनले भने, ‘यो इभेन्ट राख्नुको मुख्य कारण पैसाको कमी हो । अर्को भनेको यसले आठ सय देखि पाँच हजारसम्म दौडिने खेलाडीलाई समेट्न सक्छ ।’

No description available.

उनले यस वर्ष हाइजम्प, लङजम्प समावेश गर्न नसकेपनि अर्को वर्ष अन्य विधालाई पनि समावेश गर्ने प्रयास गर्ने बताए ।

यस संस्करणमा प्रायोजक राखेर आयोजना गरिए पनि आर्थिक समस्या भएको उनको भनाईछ ।

‘यसअघिका संस्करणमा हामी सबैले आफ्नै खर्चमा प्रतियोगिता सुरु गर्यौ । पहिलो संस्करणमा वेस्ट खेलाडीलाई २५ हजार पुरस्कार मेरो नामबाट दिए । अरु खर्च उनीहरुले व्यवस्थापन गर्ने कुरा भएको थियो ।’ वंन्तले भने, ‘दोस्रो संस्करणमा भने हामी सबैले बराबरी तिर्ने भनेपछि बसैले मिलेर आयोजना गर्यो । यस वर्ष मात्र हामीले स्पोनसर खोजेका छौँ ।’

यस वर्षको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एथ्लेटिक्स संघबाट पनि सहयोगका लागि निवेदन दिएको उनले बताए । तर, संघबाट के कति सहयोग गर्ने भन्ने टुङ्गो लागेको छैन ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का