एटलान्टाको सहज जित
२०२१ फेब्रुअरी २२, सोमबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एटलान्टाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एटलान्टाले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा खेलको ५२ औं मिनेटमा डुभान जापटाले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा नापोलीका जिलिन्सकीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको ६४ औं मिनेटमा रोबिनले गोल गर्दै एटलान्टालाई २-१ को अग्रता दिलाए ।
७१ औं मिनेटमा लुइसले गोल गर्दा एटलान्टा ३-१ ले अघि रह्यो ।
खेलको ७६ औं मिनेटमा रोबिनले आत्मघाती गोल गरेपछि खेल ३-२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै एटलान्टालाई ४-२ को जित दिलाए ।
जितसँगै एटलान्टा लिगको चौंथो स्थानमा उक्लिएको छ ।
एटलान्टाले २३ खेलमा ४३ अंक जोडेको छ ।
नापोली ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।