पीएसजी घरेलु मैदानमै पराजित
२०२१ फेब्रुअरी २२, सोमबारखेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोल अन्तरले पराजित भएको हो ।
मोनाकोले पीएसजीलाई उसैको मैदानमा हराएको हो ।
मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५१ औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए ।
जितसँगै मोनाको लिगको चौंथो स्थानमा उक्लिएको छ ।
मोनाकोले २६ खेलमा ५२ अंक जोडेको छ ।
पीएसजी भने तेस्रो स्थानमा झरेको छ ।
पीएसजीले ५४ अंक जोडेको छ ।
शीर्ष स्थानको लिलको ५८ र दोस्रो स्थानको लियोनको ५५ अंक रहेको छ ।