आर्सनलको मैदानमा सिटीको जित
२०२१ फेब्रुअरी २१, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले आर्सनलमाथि १-० गोल अन्तरको जित निकालेको हो ।
आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।
इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए ।
स्ट्रर्लिङले रियाद महरेजको पासमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।
यस जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ ।
सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ ।
आर्सनलविरुद्धको जितसँगै सिटीले लिगमा १० अंकको अग्रता बनाएको छ ।
सिटीले २५ खेलमा ५९ अंक जोडेको छ ।
आर्सनल भने लिगको दशौँ स्थानमा रहेको छ ।
आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ ।