एस्टनलाई हराउँदै लेष्टर शीर्ष दुईमा
२०२१ फेब्रुअरी २१, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लेष्टरले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लेष्टरको जितमा जेम्स म्याडिसन र हार्भे बर्नेसले एक एक गोल गरे ।
एस्टनका बेर्टट्राण्ड ट्राओरेले एक गोल फर्काए ।
खेलको १९ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।
खेलको २३ औं मिनेटमा बर्नेसले गोल गरेपछि लेष्टरको अग्रता दोब्बर बन्यो ।
त्यसपछि खेलको ४८ औं मिनेटमा एस्टनका ट्राओरेले एक गोल फर्काए पनि लेष्टर २-१ ले विजयी भयो ।
जितसँगै लेष्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
लेष्टरले २५ खेलमा ४९ अंक जोडेको छ ।
एस्टन ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।