मेयर कप फुटबलको सेमिफाइनल समीकरण पूरा

अबिनास थापा
निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार भएको अन्तिम क्वाटरफाइनलमा निजगढ युवा क्लब 'ए' विजयी भएसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
शहिद हिरालाल रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमामा निजगढले बाघभैरव युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
निजगढलाई सेमिफाइनलमा पुर्याउन २३ औं मिनेटमा समिर कुमरले गोल गर्दै टिमलाई अग्रता दिलाए । समिर तामाङले ३९ औं मिनेटमा गोल गरेपछि निजगढको अग्रता दोब्बर बन्यो ।
पहिलो गोल गरेको एक मिनेट नबित्दै समिरले व्यक्तिगत दोस्रो गोल गर्दा निजगढ ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा बाघभैरवका मनोज खड्काले फ्रिकिकबाट गोल गरेपनि निजगढ ३-१ ले विजयी भयो ।
खेलको म्यान अफ द म्याच निजगढका जन्मजय धामी भए ।
अब पहिलो सेमिफाइनलमा योङ्गस्टार युवा क्लब र सिंगौल फुटबल क्लब 'ए' बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।