बराबरीमा रोकियो बार्सिलोना
२०२१ फेब्रुअरी २१, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेलेको हो ।
खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए ।
बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ ।
बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ ।
काडिज २५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।